Celebrities Entertainment

निशा र शरदको बिहे , संचारकर्मीलाई भित्र जान रोक ।

977online.com

नेपाली चलचित्र उध्योगकी चर्चित नायिका निशा अधिकारी मल्ल र चर्चित क्रिकेटर शरद भेषवाकरको यतिबेला दरबार मार्ग स्थित होटल अन्नपुर्णमा  बैवाहिक  कार्यक्रम चलिरहेको छ ।  उनीहरुको  विवाहमा  फोटो खिच्न गएका सञ्चारकर्मी लाई  विवाह समारोहमा  जानबाट होटलका सुरक्षा कर्मीले रोकेका छन् ।  निशा चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष  शान्ति प्रियको  साली पर्ने भएकोले मात्र  उनी भित्र छन् , अन्न्य  कोहि संचारकर्मी  सो बैबाहिक कार्यक्रममा उपस्थित छैनन् ।977online.com              केहि बिवाह हुंदै गर्दाका फोटोहरु उपलब्ध गराउंदै ‘म पनि पत्रकारको हिसाबले आएको होइन’, शान्तिप्रिय ले स्पस्ट पारे । उपलब्ध गराईएको तस्बिरहरुमा  शरद ढाकाको टोपी  र दौरा सुरुवालमा  निकै नै आकर्सक रुपमा प्रस्तुत छन्  भने  निशा बेहुलीको भेषमा  रातो सारि , रातो घुम्टो  र गहनाले सजिएकी छिन् । यतिबेला निशा र शरदको विवाह समारोहमा  उनीहरुको आफन्तहरुको  मात्र  उपस्थिती  रहेको छ । करिब ५ वर्षको प्रेमपछि निशा र शरद आज बैवाहिक जीवनमा बाँधिदै छन् ।  दुवैलाई 977online  को तर्फबाट सुखद दाम्पत्य जिवनको हार्दिक मंगलमय शुभकामना   !