Entertainment Movies News

नेपाली चलचित्र ‘रुद्र’ को फर्स्टलुक सार्वजनिक ।।

977online.com

लामो समय देखि चलचित्र निर्देशनमा कार्यरत निर्देशक रामजी लामिछानेको पछिल्लो चलचित्र “रुद्र” को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यसअघि श्रावण २०  लाई  प्रदर्शन  मिति तय गरेको चलचित्र अब भने  एक हप्ता पहिले नै अर्थात  श्रावण १३ मा रिलिज हुनेछ ।  नेपाली चलचित्रमा  एक्सन स्टारको  उपमा  पाएका अभिनेता निखिल उप्रेति पहिलो पटक “रुद्र” मार्फत खलपात्रको रुपमा देखा पर्दै छन् भने यसै चलचित्रबाट डेब्यू गरेका अभिनेता / अभिनेत्री द्वय विश्व र सारालाई प्रेम जोडीको रुपमा देख्न सकिन्छ ।

977online.com

977online.com

” रावणको लागी राम, रामको लागी रावण, दुबै एक अर्काका लागी खलनायक हुन “  भन्ने स्लोगन  सहित फर्स्टलुक पोस्टरमा  निखिलको “एङ्ग्री” लुक्स समावेश छ   भने  विश्व र सारा प्रेमीको रुपमा देखियका छन्। चलचित्रको अन्य कलाकारहरुमा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली,  ज्याक श्रेष्ठ,  रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे आदिको अभिनय रहेको छ ।

निर्देशक रामजी लामिछानेका अनुसार , कारणबस श्रावण २० लाई प्रदर्शन  मिति तय भयकोमा  हेरफेर गरेर  एक हप्ता पहिले  नै  अर्थात श्रावण १३ मा  फिल्मको रिलिज सारिएको हो ।  चलचित्रमा  हिमाल के.सी.को द्वन्द्व  तथा सौरभ लामाको छायांकन रहेको छ ।