National News

यु–१८ साफ च्याम्पियन नेपाल !

977online

नेपालले यु–१८ साफ च्याम्पियनसिप उपाधि नेपालले जितेको छ । च्याम्पियनसिपको अन्तिम खेलमा भारतलाई २–० गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा बुधबार सम्पन्न अन्तिम खेलमा नेपालले बलियो प्रतिद्धन्दी भारतलाई पराजित गर्दै रोमाञ्चक तरिकाले उपाधि उचालेको हो । खेलको सुरुवाती समयमा नै दिनेश हेन्जनले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । फ्रिकिकबाट आएको बललाई सहि दिसा दिलाउदै नेपाललाई १–० गोलको अग्रतामा पुर्याए ।

सुरुवाती समयदेखि नै आक्रमक खेलेको नेपालसामु भारतको केही चलेन । खेलको ३५ औं मिनेटमा नेपालका दिनेशले नै ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० गोलअन्तरको अग्रतामा पुर्याए । पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको नेपालले दोस्रो हाफमा रक्षात्मक खेल खेल्यो ।

भारतले दोस्रो हाफमा सुधारिएको खेल खेलेपनि गोल गर्न भने सकेन । एकपछि अर्को आक्रमक खेल खेलेको भारतसामु नेपाली डिफेन्डर निकै बलियो रुपमा प्रस्तुत भए । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका दिनेश भारतविरुद्धको खेलमा नायक बने ।

प्रतियोगितामा ४ खेल खेलको नेपाल ३ खेलमा जित र १ खेलमा हार ब्यहोर्दै शीर्ष स्थानमा रहदै उपाधि उचालेको हो । बंगलादेशको पनि नेपालको जतिनै समान ९ अंक रहेपनि गोलको आधारमा नेपालभन्दा पछि पर्यो । च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भुटानसँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई २–० गोलले र तेस्रो खेलमा बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।