Blog Celebrities Entertainment Movies Music News

अमर गुरुङको संगीत चोरेका थिए आर. डि. बर्मनले , ‘ए कान्छा..’ लाई बनाए ‘दिवाना मुझ्सा नही ‘

977ONLINE

गत महिना स्वर्गबास भएका नेपाली संगीत क्षेत्रका अमर ब्यक्तित्व अंम्बर गुरुङका सयौ चर्चित र लोकप्रिय गीत मध्यको एक हो : ए कान्छा मलाई सुनको तारा  । नेपाली सदाबहार एवम कालजायी गीतका रुपमा रहेको यो गीतको संगीत अंम्बरले नै गरेका हुन ।

कलकत्तामा रेकर्डिङ गरिएको यो गीत नेपालमा सार्वजनिक भएको केही समय पछी भारतीय संगीतकार आर डि बर्मनले सोही संगीतमा हिन्दी फिल्म ” तिस्री मन्जिल “मा ‘दिवाना मुझ्सा नही ‘ भन्ने गीत बनाएका थिए । सम्मी कपूर र आशा पारेखले अभिनय गरेको यो गीतले बलिउडमा तहल्का नै मचायो तर अंम्बर गुरुङको नाम कतै आएन ।स्रीजना चोरिको शिकार बने गुरुङ ।

भिडियो

स्व गुरुङ ले आ.र. डि बर्मनले आफ्नो संगीत चोरेको कुरा  २०१४ सालमा हङकङ मा आयोजित ” अंबर गुरुङ रात्री २०१४ ” मा बताएका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुस् :