Blog National News

नोट अफ डिसेन्ट : बिर गोर्खाली भारतीय होइनन , नेपाली हुन ।

977online

त्रिभुवन शर्मा

हाल भारतमा रहेको दार्जिलिङमा चलिरहेको ‘गोर्खाल्यान्ड’ माग सहितको आन्दोलन उत्स्गर्गमा पुगिरहदा अधिकाम्श सोसल मिडियाहरुमा बिर गोर्खालीहरुको पहिचान र परिचयको अप्ब्यख्या भैरहेको प्रती ध्यान केन्दृत गर्न चाहन्छु । दार्जिलिङ, १८१५ को सुगौली सन्धी अघीसम्म नेपालको भुभाग हो, दार्जिलिङ मात्र होईन टिस्टा कागडा सम्म हाम्रो सीमा बिर गोर्खाली ( नेपाली ) हरुले फैलाएका हुन । अङ्रेजसँगको युद्धमा बिरताको गाथा देखाउने नेपाली गोर्खालिनै हुन – बिर बलबद्र , भक्ती थापा हाम्रै पुर्खा हुन । सन्सारसँग नहार्ने र शिर नझुकाउने एक मात्र जाती नेपाली हो । नियमत : इस्ट इन्डिया कम्पनीसँग गरिएको सम्झौता, अङ्रेजले भारत छोडेर गएपछी खारेज भइ नेपालको पहिलाकै सीमाना कायम हुनु पर्ने हो तर बिडम्बना …त्यो हुन सकेन । ति क्षेत्रमा रहेका सबै नेपालका नागरिक थिए जो हाल आफुलाई भारतिय गोर्खाली भनेर गर्व गर्दछन । सीमा फेरिए सङै नागरिकता फेरियो ,यहाँ सम्म त ठिकै छ तर नेपालका बिर बिरङनाहरुले आफ्नो रगतले आर्जेको बिरताको गाथा समेत अब्वमुल्यन हुने गरी आजकाल  ‘गोर्खाली भारतीय हुन’ भनेर प्रचार प्रसार हुँदैछ जुन सोर्है आना झुठ र माटो प्रतीको बेइमानी हो । बङ्गाल सरकारको बिभेदकारी नितीको बिरोध गर्दै आफ्नो स्वतन्त्रताका लागी लडिरहेका दार्जिलिङबासी प्रती सद्भाब र समर्थन गर्दा गर्दै पनि आन्दोलनकाक्रममा भएका यस्ता मिडियाबाजीलाई भने समर्थन गर्न सकिदैन ।

977online

‘गोर्खाली’ भन्ने पहिचान नेपाल एकिकरणका नायक वडामहाराजधिरज पृथ्वीनारायण शाहको राज्य ‘गोर्खा ‘ जुन हाल नेपालको गण्डकी अञ्चलमा पर्दछ, त्यहीबाट शुरु भएको हो, राजा पृथ्वीनारायण शाहको फौजलाई ‘गोर्खाली फौज’ भनिन्छ । हो हाल भारतको सीमाना भित्र पर्ने केहि भुभागमा बसोबास गरिरहेका नेपाली मुलका गोर्खाली भारतीय होलान तर त्यसो भन्दैमा गौरबशाली इतिहास बोकेको नेपाल र बीर गोर्खालीको अपब्यख्या कदापी स्विकार्य छैन । हाल गोर्खाल्याण्डको माग गरिरहेका अधिकाम्शले गोर्खाली भारतीय हुन , जय हिन्द भन्दै आफुलाई भारतभक्त देखाउन खोजिरहदा यो नभुलुन; इतिहासलाई तोडमोड गर्ने अधिकार कसैलाई छैन । सन्सारभर बीर गोर्खाली भनेर चिनिने – नेपाली नै हुन , नेपालका नागरिक हुन – बीर नेपाली गोर्खाली हुन ।  सबैलाई चेतना भया !

977online